देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दुई सातामै जिल्लाबाटै एमआरपी

देशान्तर

काठमाडौं । राहदानीका लागि आवेदन दिएको दुई साताभित्रै जिल्लाबाटै साधारण शुल्कमा मेसिन रिडेबल पासपोर्ट एमआरपी उपलब्ध गराउने गरी सरकारले तयारी थालेको छ।

राहदानी विभागले दोब्बर राजस्व तिरेपछि तीन दिनमा नै पासपोर्ट उपलब्ध गराउने भएपछि जिल्लाबाट पनि जतिसक्दो छिटो दिन दबाब परेको हो। जिल्लाबाट साधारणतया ५ हजार रुपैयाँ तिरेर ४५ दिनमा दिनुपर्ने पासपोर्ट नियमावलीमा उल्लेख भए पनि पछिल्लो सहजताको कारण जिल्लाले २५ दिनदेखि महिनादिनभित्र एमआरपी उपलब्ध गराउँदै आएका थिए।  

राहदानी आवेदन फारम जिल्ला जिल्लाबाट जम्मा गरेका १० दिनमा विभागले ल्याउने र विभागले १० दिनपछि राहदानी दिने गरेकोमा अब ७ दिनमा विभागमा ल्याउनु पर्ने र विभागले फारम आएको भोलिपल्टै दिनुपर्ने व्यवस्था गर्न लागिएको हो।  कान्तिपुर दैनिकमा समाचार छ। 
 

]]>