देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘मजदुर नेता’ले जलाए मजदुरकै सपना

देशान्तर

काठमाडौं । आइतबार राति ९ बजे कोठाबाट बा१ज ५१६२ नम्बरको ट्याक्सी लिएर हिँडेका चित्रबहादुर खत्री सोमबार बिहान ३ बजेतिर कोटेश्वरमा थिए। नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले ‘सुकुम्बासीमाथि राज्यले गरेको दमनविरुद्ध’ सोमबार नेपाल बन्दको आहवान गरेकोबारे उनी जानकार नै थिए। झिसमिसे बिहानबाट मात्र बन्द लागू होला भनेर उनी कोटेश्वरमा यात्रु कुरेर बसेका थिए।

‘बन्दकर्ताले गोंगबुमा ट्याक्सी जलायो रे कोठामा फर्किहाल,’ बिहान साढे ३ बजेतिर काकाको फोन आयो। लगत्तै बानेश्वरको कोठा आउन उनले ट्याक्सी स्टार्ट गरे। मीनभवन उकालोमा आइपुगेलगत्तै दुई जनाले ट्याक्सी रोकेर एकजना अगाडिको सिटमा बसिहाले। अर्को पछाडि उभिएका थिए। अगाडि बसेकाले एयरपोर्ट जाउँ भन्दा खत्रीले मानेनन्। एकैछिनमा ट्याक्सीको पछाडि आगो सल्कियो।  

एक महिनाअगाडि मात्रै ९ लाख खर्चिएर लिएको ट्याक्सी हवारहवार्ती बल्ल थालेपछि उनी आगो निभाउनतिर लागे। त्यही मौका छोपेर दुवै जना भागे। दैनिक ३ हजारसम्म आम्दानी दिने ट्याक्सी हेर्दाहेर्दै स्वाहा भयो। ऋण जस्ताको तस्तै छ। कान्तिपुर दैनिकमा समाचार छ।

]]>