देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चीनले बनायो सामा गाउँ सीमासम्म सडक

देशान्तर

काठमाडौं । तिब्बतको रुइढाक्यामा तीनदिने ब्रत पूजामा सहभागी हुन गएका गोरखा सामा गाउँका बासिन्दा पूजा सकेर गाडी चढी फर्किए ।

तिब्बती क्यालेन्डर अनुसार ६ महिनाको ४ गतेका दिन आयोजना भएको व्रत र पूजामा सहभागी हुन गएका स्थानीय ३० जना साभा गाउँका बासिन्दा ट्रक चढेर गाउँको सीमाको ३५ नम्बर पिल्लरसम्म आउन पाउँदा खुसीको सीमा नरहेको बताएका छन् ।

‘गाउँका मान्छे पहिलोपटक गाउँमै मोटर चढ्न पाउँदा धेरै खुसी भए,’ साम्दोका निमा दोजीले भने, ‘गाउँमै यसी गाडी चढ्न पाइएला भनेर कसैले सोचेका थिएन। तर, चीन सरकारले गाउँको सीमासम्म मोटर बाटो बनाएर गाडी कुदायो।’ उनीहरु रुईढाप्कादेखि सामा गाउँ र तिव्वतको सीमामा रहेको ३५ नम्बर पिलरसम्म गाडी चढेर आएका हुन्।

गत वैशाखमा सडक निर्माण सम्पन्न भएको त्यहाँसम्म अहिले ट्रक, जिप, मोटरसाइकल चल्ने गर्छन्। अन्नपुर्णपोष्टमा समाचार छ ।

]]>