देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पास भएको वर्ष दिनसम्म विद्यार्थीले पाएनन् ट्रान्सक्रिप्ट

देशान्तर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी संकायअन्तर्गतको भूगोल केन्द्रीय विभागका विद्याथी पास भएको वर्ष दिनसम्म पनि ट्रान्सक्रिप्ट पाउनबाट वञ्चित भएका छन्।

विभागीय प्रमुख पदमचन्द्र पौडेलको दबाबमा बैकल्पिक विषयलाई अनिवार्य रुपमा सबै विद्यार्थीलाई पढाइएका कारण १० वटै विषयमा उत्तीर्ण भएका विद्यार्थीको ट्रान्सक्रिप्ट रोक्का भएको छ । स्नातकोत्तर तह दोस्रो वरेषको वैकल्पिक विषय जेन्डर एन्ड डेभलेपमेन्ट अनिवार्य रुपमा पढाइ भएपछि समस्या उत्पन्न भएको हो ।

दोस्रो वर्षमा शोधकार्य लेख्न नचाहनेले त्यसको विकल्पमा जेन्डर विषयको परीक्षा दिन सक्ने व्यवस्था रहेकोमा भूगोल केन्द्रीय अनिवार्य बनाएपछि समस्या आएको हो ।  नयाँ पत्रिका दैनिकमा समाचार छ । 

]]>