देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एकता प्रक्रियाबाट आएका माओवादीलाई बालुवाटार प्रवेशमा रोक

देशान्तर

काठमाडौं। सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रको छ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै प्रधानमन्त्री छन् । जोकोहीलाई लाग्छ, पार्टीकै नेतृत्वमा सरकार बनेकाले माओवादी केन्द्रका नेता–कार्यकर्ताबाटै सिंहदरवार र बालुवाटारमा भीडभाड बढेको छ, उनीहरु सहजै प्रवेश पाइरहेका छन् । तपाईले यस्तो सोचिरहनु भएको छ भने पूर्णतः गलत हुनुपर्छ ।

विभिन्न १० माओवादी घटकबीचको एकतापछि बनेको माओवादी केन्द्रको ३३ सदस्यीय हेडक्वार्टर सदस्यमध्ये मुख्य नेताहरुले नै अहिलेसम्म बालुवाटार र सिंहदरवारमा प्रवेश पाएका छैनन् । आफ्नै पार्टीका मन्त्रीलाई भेटेर सल्लाह–सुझाव दिन त परै जावस्, मूल गेटबाटै पस्नसमेत पाएका छैनन् । बालुवाटार र सिंहदरवारमा प्रवेश नपाउनेमा सामान्य नेतामात्रै नभएर पूर्वमन्त्रीसमेत छन् । पूर्व वन मन्त्री मातृकाप्रसाद यादव प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहाललाई भेट्न साउन अन्तिमसाता बालुवाटार गए, त्यो दिन उनी गेटबाट भित्र पस्नसमेत पाएनन् ।

वालुवाटार र सिंहदरवारमा प्रवेश नपाउनेमा यादवमात्र होइन, एकता प्रक्रियामा पार्टीको नेतृत्व नै गरेर आएका नेता मणि थापा, तिलक परियार, जयपुरी घर्ती तथा प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको लाइनमा रहेका नेकपा क्रान्तिकारी माओवादीबाट आएका चर्चित नेता कुलबहादुर केसी लगायतले समेत बालुवाटार र सिंहदरवारमा प्रवेश पाएका छैनन् ।

एकता प्रक्रियाबाट जो–जस्तो पनि मान्छे आएको भन्दै सचेत हुन र सुरक्षामा पनि कडा गर्न भनेर नेतृत्वलाई नै सुझाव दिएको सूचना आएको एक नेताले बताए । राजधानी दैनिकमा  समाचार छ । 

]]>