देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

घुस रकमसहित सर्वेक्षक अख्तियारको फन्दामा

देशान्तर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चावहिलका नापी सर्वेक्षक शम्भुप्रसाद चौधरीलाई सेवाग्राहीसँग रु तीन लाख घुस लिँदालिँदै आज पक्राउ गरेको छ ।

काठमाडौ बुढानीलकण्ठ नगरपालिका–७ मा पर्ने एक रोपनी ११ आना जग्गाको हाल साविक गर्ने कार्यका लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरी एवम् सूचनाको आधारमा आयोगबाट खटिएको टोलीले सर्वेक्षक चौधरीलाई पशुपति मिठाई भण्डार चाबहिलबाट रङ्गेहात नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

 

]]>