देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारी छात्रवृत्तिका चिकित्सकले उपत्यकाभित्र काम गर्न नपाउने

देशान्तर

काठमाडौं । स्वास्थ्य सेवा विभागले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सक र स्वास्थ्यकर्मीलाई उपत्यका तीन जिल्लामा काममा नखटाउने निर्णय गरेको छ ।

स्वास्थ्य सेवा विभागका उपसचिव तारानाथ लुइँटेलले चालु आर्थिक वर्ष २०७३/०७४बाट लागू हुने गरी उक्त निर्णय गरिएको जानकारी दिए ।

छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थी उपत्यकामा मात्र केन्द्रीत हुने बाहिरी जिल्लामा जान नखोज्ने भएकाले उपत्यका मात्र भार थपिएकाले सो निर्णय गरिएको हो  ।

सरकारी छात्रवृत्तिमा पढेका विद्यार्थीले दुई वर्ष सरकारी स्वास्थ्य संस्थामा गई सेवा गर्नुपर्ने प्रावधान छ । सेवाका समयमा उनीहरुलाई सम्पूर्ण सेवा सुविधा पनि सरकारले उपलब्ध गराउँदै आएको छ ।

यसै निर्णयअनुसार विभागले यस वर्षका २९७ विद्यार्थीलाई उपत्यका बाहिरका जिल्लामा खटाएको छ । हालसम्म विभागबाट एक हजार २९६ जना छात्रवृत्तिमा पढेकाले काम गरिसकेका छन् ।

उपसचिव लुइँटेलले भने, “हामीले काममा खटाउने भनेको अध्ययन पूरा गरी मेडिकल काउन्सिल र सम्बन्धित काउन्सिलको दर्ता परीक्षा पास गरिसकेका चिकित्सक तथा स्वास्थ्यकर्मी मात्र हुन् ।”

नेपाल सरकारबाट छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७१ अनुसार बनेको विभागका निर्देशक अध्यक्ष रहेको ‘छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन समन्वय समितिले उक्त निर्णय गरेको थियो ।  समितिमा शिक्षा मन्त्रालय, मेडिकल काउन्सिल र विभागका कर्मचारी प्रशासन शाखा उपसचिव रहेका छन् ।

 

]]>