देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्री छनोटको विषयमा माओवादीभित्र असन्तुष्टि बढ्दो

देशान्तर

काठमाडौं । सरकार गठन र मन्त्री छनोटको विषयलाई लिएर नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि बढ्दै गएको छ। दसवटा कम्युनिष्ट घटक मिलेर पार्टी एकीकरण भएको ६ महिना बित्न नपाउँदै पार्टीभित्र अनेकथरि असन्तुष्टि देखिएपछि यही वर्ष गर्ने भनिएको महाधिवेशनलाई कसरी सौहार्दपूर्ण तरिकाले टुंग्याउने भन्ने समस्या देखिएको नेताहरु बताउँछन्।  

माओवादी स्रोतका अनुसार पार्टी एकीकरणपछि विभिन्न समूहबाट आएका नेतालाई बेवास्ता गरिएको आरोप लागिरहेका बेला शीर्ष नेतृत्वले मन्त्री छनोटमा झनै मनपरी परेपछि आउँदो महाधिवेशनमा सवक सिकाउने पक्षमा अधिकांश नेता तथा कार्यकर्ता छन्।

 पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री छनोटमा मनोमानी गरेपछि बाहिरी रुपमा त्यसको दोष हरेक नेता कार्यकर्ताले भोग्नु परेको नेताहरुले गुनासो गरेका छन्। माओवादी नेताहरुका अनुसार मन्त्री छनोटका बेला प्रधानमन्त्रीले महिलालार्इ चरम बेवास्ता गरेपछि धेरैमा निराशा देखिएको छ। नागरिक दैनिकमा समाचार छ। 
 

]]>