देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मधेशी दलले मनलागी सहिद प्रस्ताव

देशान्तर

काठमाडौं । मधेसकेन्द्रित दलले मधेस आन्दोलनको अवधिमा दुर्घटना र कालगतिले निधन भएकालाई पनि सहिद सूचीमा पार्न सिफारिस गरेको पाइएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले आइतबार गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको मागसूचीमा सवारी दुर्घटनामा परेका, आत्महत्या गरेकादेखि करेन्ट लागेर ज्यान गुमाएकासम्मको नाम छ।  

मोर्चा र गठबन्धनले मधेस र आदिवासी आन्दोलनमा आन्दोलनकारी र सुरक्षाकर्मी गरी ६८ जनाको निधन भएको भन्दै सहिद प्रस्ताव गरेका हुन्। संविधानप्रति असन्तुष्ट दललाई जसरी पनि मनाउने तयारीमा रहेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मन्त्रालयबाट सूची मन्त्रिपरिषद पुगेपछि सोझै पास गर्ने सम्भावना छ।  

सत्तारुढ गठबन्धन र मधेसकेन्द्रीत दलले आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गरी मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति यसअघि जुटाइसकेका छन्। नागरिक दैनिकमा समाचार छ।

]]>