देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेविसंघको विवाद मिल्यो, अब उमेदवारी दर्ता भोलि बिहान सम्म, मतदान बुधवार

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन  नेविसंघको ११ औं महाधिजेशनमा सहभागि हुने प्रतिनीधिको विवाद समाधान गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको छ।

दुई नेताबीच फर्जी मतदाता नामावली सच्याउने, कुनै जिल्लालाई लक्षित गरी थप गरिएका प्रतिनिधिलाई रद्द गर्ने लगायत सहमति भएको हो। दुई नेताबीच सहमति भएपछि नेविसंघको महाधिवेशन सुचारु हुने भएको छ।

मंगलबार विहान आठ बजेसम्म उम्मेद्वारी दर्ता गर्ने समय तोकिएको छ भने बुधबार निर्वाचन गर्ने गरी दुई नेताबीच सहमति भएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए।

]]>