देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लोडसेडिङ ७ घण्टामा झार्ने ऊर्जा मन्त्रालय योजना

देशान्तर

काठमाडौं । ऊर्जा मन्त्रालयले आगामी हिउँदमा लोडसेडिङ दैनिक सात घण्टामा सीमित गर्ने गरी कार्ययोजना बनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्रालयलाई योजना ल्याउन निर्देशन दिएपछि ऊर्जाले पाँच बुँदामा यस्तो कार्ययोजना तयार गरेको हो।

गत हिउँदमा दैनिक १२ घण्टासम्म लोडसेडिङ भएकोमा आगामी याममा सात घण्टासम्म झार्ने योजनासहितको पाँच बुँदे कार्ययोजना निर्माण गरिएको र बिहीबार प्रधानमन्त्रीलाई बुझाउन लागिएको मन्त्रालयले जनाएको छ।  ऊर्जा सचिव सुमनप्रसाद शर्माले लोडसेडिङ न्यूनीकरणलाई प्राथमिकता दिएर कार्ययोजना निर्माण गरिएको जानकारी दिए।  ‘उपभोक्तालाई अन्धकारबाट मुक्ति दिने हाम्रो मुख्य प्राथमिकता हो, यसैलाई आधार बनाएर कार्ययोजना बनाएका छौं,’ उनले भने।

उनका अनुसार लोडसेडिङ न्यूनीकरणसँगै ऊर्जामा स्वावलम्बन, ऊर्जा दक्षता अभिवृद्धि, कानुनी तथा संस्थागत संरचना निर्माण तथा सरकारले गत फागुनमा ल्याएको ऊर्जा संकटकाल कार्ययोजना कार्यान्वयनलाई योजनामा समेटिएको छ। कारोबार दैनिकमा समाचार छ। 

]]>