देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेविसंघको विवाद टुंगियो, आजबाट बन्दसत्र

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको मुख्य भातृसंगठन नेपाली बिद्यार्थी संघको ११ जिल्लामा देखिएको प्रतिनीधिको विवाद पार्टीले गठन गरेको निर्देशक समितिले मिलाएको छ ।  

विवाद टु‌गिएसँगै अवरुद्ध महाधिवेसन प्रकृया पनि अब अगाडी बढ्ने भएको छ । नेविसंघका प्रवक्ता यूपि लामिछानेले विवाद मिलेसँगै आज दिउँसोबाट बन्दसत्र पनि सुरु हुने जानकारी दिए । ‘१२ बजेदेखि बन्दसत्र सुरु भनिएको हो ।

केही प्राविधिक पक्ष मिलाउँदा थोरै ढिला हुनसक्छ,’ उनले भने, ‘आजबाट निर्वाचनको प्रकृया पनि सुरु हुन्छ ।’ प्रवक्ता लामिछानेका अनुसार प्रतिनिधि विवाद मिलेर महाधिवेसन प्रकृया अगाडी बढेसँगै आजै अनसन बसिरहेका कृष्ण सिटौला पक्ष र महेन्द्र शर्मा पक्षको अनसन अन्त्य गर्न आग्रह गरिने छ ।

 विवादकै कारण महाधिवेसन लम्बिएपछि तीन दिनका लागि भनि बुकिङ गरिएको भृकुटीमण्डपलाई थप तीन दिनका लागि बुकिङ गर्नुपर्ने देखिएको छ । प्रवक्ता लामिछानेका अनुसार महाधिवेसन सकिन अजै तीन दिन लाग्ने छ । 

]]>