देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पाँच जना पूर्व विशिष्टलाई मात्रै सरकारी सुविधा दिने तयारी

देशान्तर

काठमाडौं । सरकारले अब पाँच पूर्वविशिष्ट पदाधिकारीलाई मात्रै आवास, सचिवालय र गाडी सुविधान दिने कानुन ल्याउने तयारी गरेको छ।  राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश मात्र पदबाट बाहिरिएपछि सुविधा दिन विधेयक ल्याउन लागेको हो।

पूर्वविशिष्ट पदाधिकारीका नाममा राज्य कोषबाट बिनामापदण्ड जथाभावी सविधा बाँड्ने प्रवृत्तिलाई अंकुश लगाउन सरकारले यस्तो विधेयकको तयारी गरेको हो। 

गृह मन्त्रालयले तयार पारी अर्थ मन्त्रालयमा सहमतिका लागि पठाएको पूर्वविशिष्ट पदाधिकारीलाई सुविधासम्बन्धी विधेयकमा बिग फाइजलाई मात्रै सुविधा तथा सुरक्षा दिने प्रस्ताव गरिएको छ।  

संसदको सुशासन तथा अनुगमन समितिद्वारा सांसद जनकराज जोशीको नेतृत्वमा गठित उपसमितिले समेत कानुन बनाएर पाँच पूर्वविशिष्ट पदाधिकारीलाई मात्र सुविधा दिन सरकारलाई सुझाव दिएको थियो। कान्तिपुर दैनिकमा समाचार छ। 

]]>