देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२० हजारको उपचार गर्न डेढ लाख भाडा

देशान्तर

काठमाडौं । बिरामी सुत्केरीलाई उपचारका लागि काठमाडौं लैजान चार्टर्ड गरिएको हेलिकोप्टर सोमबार दुर्घटना हुँदा सिर्दिबास २ का पाँचसहित सातजनाको मृत्यु भयो। बिरामीले उपचार पाउन त पर, सातजनाले व्यर्थै जीवन गुमाउनु पर्यो। तीन दिनअघि गत शुक्रवार सिर्दिबास ९ न्याकका लक्षेन्द्र गुरुङ र फूलमाया गुरुङलाई एक लाख ३० हजार खर्च गरेर हेलिकोप्टर चार्टर्ड गरी काठमाडौं लगियो।

उनीहरुको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। त्यसभन्दा केही दिनअघि सोही गाउँका दुई महिलालाई हेलिकोप्टर  चार्टर्ड गरी त्रिवि शिक्षण अस्पताल पुर्याइयो। १५ दिन काठमाडौंमा उपचार गर्दा २० हजार रुपैयाँ खर्च भएको बिरामीको हेरचाह गर्दै आएकी कुमारी गुरुङले बताइन्। त्यसभन्दा केही दिनअघि ल्हो गाविसका दुईजना घाइतेलाई पनि एक लाख ७० हजार रुपैयाँ भाडा तिथरेर हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो।

केही दिनको उपचारपछि उनीहरु घर फर्किसकेका छन्। सुत्केरी हुँदा हातले सालनाल झिकेका कारण इन्फेक्सन भएर सिकिस्त भएकी बिही  २ की पासाङ साङ्मोलाई उपचार गर्ने हेलिकोप्टर चार्टर्ड गरी काठमाडौं लगियो। एक लाख ४० हजार रुपैयाँ हेलिकोप्टर खर्च गरी प्रसूतिगृह पुर्याइएकी पासाङ निशुल्क उपचार गरेर घर फर्किइन्। न्याकमा अहिले पाँचजना बिरामी छन्। हेलिकोप्टर खर्च नपाएर उनीहरु मर्ने बाँच्ने दोसाँधमा थला परिरहेको स्थानीय देशमाया गुरुङले बताइन्। अन्नपूर्ण पोस्टमा समाचार छ। 

]]>