देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजधानीको खानेपानीमा दिसा

देशान्तर

काठमाडौं । राजधानीमा उपयोग हुने खानेपानीमध्ये करिब आधा जतिमा दिसा मिसिएको भेटिएको छ।  हैजा प्रसारको प्रमुख स्रोत खानेपानी भएकाले  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ट्यांकर, रिजर्भ ट्यांकी, जारलगायतबाट संकलित ९६ वटा पानीको नमुना परीक्षण गरेको थियो। तीमध्ये ४६ वटामा कोलिफर्म अर्थात दिसा मिसिएको भेटिएको हो।  

‘हामीले संकलन गरेकामध्ये झन्डै ५० प्रतिशत पानीको नमुना कोलिफर्मले प्रदूषित थिए,’ महाशाखा अन्तर्गतका इपिडिमियोलोजी शाखा प्रमुख डा. गुणनिधि शर्माले भने, ‘पानीमा कोलिफर्म देखिनुको अर्थ नै दिसा मिसिएको अवस्था हो।’  

विश्व स्वास्थ्य संगठनका अनुसार हैजाले संक्रमित कसरब ८० प्रतिशत व्यक्तिमा कुनै लक्षण विकसित नभएपनि उनीहरुको दिसामा हैजा उत्पन्न हुने ब्याक्टेरिया १० दिनसम्म रहन सक्छ। यो दिसा वातावरणमा गएर अरुलाई संक्रमित गर्छ। हैजा तथा झाडापखाला मुख्य रुपले खानेपानी, खाद्यपदार्थको माध्यमले फैलिने भए पनि खाना परीक्षण भने गरिएको छैन।  कान्तिपुर दैनिकमा समाचार छ।

]]>