देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल बिद्यार्थी संघको बन्दसत्र स्थगित

देशान्तर

काठमाडौं । महाधिवेशनमा सहभागि हुने प्रतिनिधि विवादले नेपाल विद्यार्थी संघको बन्द सत्र स्थगित भएको छ। आजदेखि सुरु हुने भनिएको बन्द सत्र ११ जिल्लाको प्रतिनिधिको संख्या विवादले स्थगित भएको हो।

बन्द सत्र मंगलबार दिउँसो २ बजेदेखि सुरु हुने प्रवक्ता युपी लामिछानेले बताए। नेविसंघको ११ जिल्लामा प्रतिनिधि छनोट हुन सकेको छैन। ती जिल्लाको प्रतिनिधि छनोट नभएकन महाधिवेशन गराएको भन्दै नेविसंघको एक पक्ष आन्दोलितै छ। लामिछानेका अनुसार प्रतिनिधि विवाद समाधानका लागि प्रयास जारी छ।

नियम पद्धतीमा आधारित भएर प्रतिनिधि छनोट गर्ने प्रयास आफूहरुको रहेको उनले बताए। नेविसंघको विधानअनुसार २३ सय प्रतिनिधि हुनुपर्ने हो। अहिले ३३ सय प्रतिनिधि छन्। अरु ११ जिल्लाका थपिन बाँकी छन्। प्रतिनिधि छनोट विधानसम्मत नभएको आरोप एक पक्षले लगाउँदै आएको छ।

]]>