देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उच्च शिक्षाका लागि साढे १७ अर्ब बाहिरियो

देशान्तर

काठमाडौं । विदेशमा उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ। विदेश अध्ययनका लागि शिक्षा मन्त्रालयबाट एक वर्षमा साढे ३२ हजार विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट एनओसी लगेका छन्। जसका लागि राष्ट्र बैंकबाट साढे १७ अर्ब रुपैयाँभन्दा बढी सटही भएको छ। शिक्षा मन्त्रालय नो अब्जेक्सन सर्टिफिकेसन शाखाका अनुसार आर्थिक वर्ष ०७२/७३ मा ३२ हजार चार सय ८२ विद्यार्थीले विदेश अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लगेका छन्।

राष्ट्र बैंकको करेन्ट माइक्रोइकोनोमिक एन्ड फाइनान्सियल सिचुएसन सिएमएफएस अनुसार गत आर्थिक वर्षको ११ महिनाको अवधिमा १७ अर्ब ६४ करोड २० लाख रुपैयाँको विदेशी मुद्रा सटही भएको छ। शिक्षा मन्त्रालयमा गत आर्थिक वर्ष साउन महिनाबाहेकको ११ महिनाको तथ्यांकअनुसार सबैभन्दा धेरै विद्यार्थीले अस्ट्रेलिया, जापान र अमेरिकालाई प्रमुख गन्तव्य बनाएका छन्।

११ महिनाको तथ्यांकअनुसार सबैभन्दा बढी अस्ट्रेलियामा अध्ययनका लागि नो अब्जेक्सन लेटर लगेका छन्। जापानका लागि पाँच हजार चार सय ९१ र अमेरिका अध्ययनका लागि चार हजार सात सय २६ जनाले नो अब्जेक्सन लेटर लगेका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>