देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दशैंमा घर जान आठ लाख यात्रुलाई बसको टिकट छैन

देशान्तर

काठमाडौं । यसपालि दशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने सर्वसाधारणलाई समस्या हुने भएको छ । यातायात व्यवसायीका कारण सार्वजनिक यातायातमार्फत बाहिर जाने करिब आठ लाख सर्वसाधारणले अझै टिकट पाएका छैनन् । दशैंका वेला गत वर्ष करिब १८ लाख मानिस उपत्यकाबाट बाहिरिएका थिए । यस वर्ष हालसम्म करिब १० लाख टिकट मात्र बिक्री भएको छ ।

तर, अधिकांश यातायात व्यवसायी संघले टिकट सकिएको भन्दै अग्रिम टिकट बुकिङ बन्द गराइसकेका छन् । टिकट काट्न बसपार्क जानेहरू रित्तो हात फर्कने गरेका  छन् । क्षमताभन्दा धेरै यात्रु राख्न कडाइ गरेपछि यातायात व्यवसायीले थोरै मात्र बस थपेर सञ्चालन गर्न लागेका छन् । क्षमताभन्दा धेरै यात्रु बोक्न दिए मात्र थप टिकट बिक्री गर्ने अडान व्यवसायीहरूको छ । दुर्घटना बढेपछि यातायात व्यवस्था विभागले सिट क्षमताभन्दा धेरै यात्रु बोक्न दिएको छैन । त्यसको विरोधमा यातायात व्यवसायीहरूले दशैंमा धेरै बस सञ्चालन गर्न नमानेका हुन् । सिट क्षमताअनुसार मात्र चलाउँदा उपत्यका फर्कंदा यात्रु नहुने हुँदा आफूलाई घाटा हुने उनीहरूको दाबी छ ।

‘कि क्षमताभन्दा धेरै यात्रु राख्न पाउनुप(यो कि बसलाई इन्धन हालिदिनुपर्छ भन्ने उनीहरूको माग छ,’ यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने, ‘हामीले नाफा मात्र नखोज्नोस् दशैंको बेला सेवा पनि गर्नुपर्छ भनेका छौं । छलफल भइरहेको छ ।’आजको नयाँ पत्रिकामा समाचार छ ।

]]>