देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महाअभियोग प्रस्ताव सकारात्मक निष्कर्षतर्फ : प्रधानमन्त्री

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले महाअभियोग प्रस्ताव सकारात्मक निष्कर्षतर्फ अघि बढेको पनि बताएका छन् । अख्तियार प्रमुख लोकमान विरुद्धको महाअभियोग प्रस्ताव अविलम्ब अघि बढाउन दवाव दिन शुक्रबार सिंहदरवार पुगेका संयुक्त विद्यार्थी संगठनका नेताहरुसँग प्रधानमन्त्री दाहालले भष्टचारविरुद्ध काम गर्ने संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई नै महाअभियोग लगाउनुपर्ने परिघटना आफैंमा नकारात्मक भए पनि सकारात्मक परिणाम निस्कने बताएका छन् ।

उनले निलम्बित अख्तियार प्रमुख कार्की विरुद्धको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै अखिल ९क्रान्तिकारी०का प्रवक्ता सुरेन्द्र बस्नेतका अनुसार कांग्रेस, एमाले र मधेसी मोर्चा समेतसँग महाअभियोगलाई सहमतिका साथ टुङ्गो लगाउने गरी छलफल भइरहेको छ । प्रधानमन्त्रीले सडक आन्दोलन मार्फत् दलहरूलाई एकठाउँमा ल्याउन र जनमत निर्माण गर्नमा सकारात्मक भुमिका खेलेको भन्दै विद्यार्थी संगठनहरूई धन्यवाद समेत दिएका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने , नेविसंघ अध्यक्ष नैनसिह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा लगायतको सहभागिता थियो । लोकमान विरुद्धको महाअभियोग तत्काल पारित गर्न अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी सहितका ११ विद्यार्थी संगठन आन्दोलनरत छन् । यसअघि ति संगठनहरुले सभामुख ओनसरी घर्तीमगर , कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीको ध्यानाकर्षण गराइसकेका छन् ।

]]>