देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महाअभियोगबारे कांग्रेसको धारणा सिफारिस समितको प्रतिवेदनपछि मात्रै

देशान्तर

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्तावबारे पक्ष विपक्षमा तत्काल कुनै निर्णय नगर्ने भएको छ । 

मंगलबार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले एमाले र माओवादीद्वारा संसदमा दर्ता भएको महाभियोग प्रस्ताव संविधान र संसदको नियमावली अनुसार अघि बढाउने विषयमा पार्टी सहमत भएपनि त्यसको पक्ष वा विपक्षमा उभिने निर्णय उपयुक्त समयमा लिने निर्णय भएको पार्टी सदस्य इश्वरी न्यौपानेले बताइन्।

संसदमा मंगलबारदेखि पेश भएर छलफल सुरु हुन लागेको कार्की विरुद्धको महाभियोग प्रस्तावलाई संविधान र नियमावली अनुसार छानबिन गर्न गठित महाभियोग सिफारिस समितिको प्रतिवेदनसम्म कांग्रेसले कुर्ने र त्यसपछि संसदमा पार्टीले रेफ्रीको रुपमाभन्दा पनि विधि र कानुनसम्मत ढंगले न्यायाधीसको भूमिका निर्वाह गर्ने कांग्रेसको निश्कर्ष छ।

‘कार्की विरुद्धको महाभियोग प्रस्तावमा हामीले कुनै समर्थन वा विरोधभन्दा पनि हामीले सिफारिस समितिको छानबिनपछि जे जस्तो प्रतिवेदन आउँछ त्यसपछि उपयुक्त निर्णय गर्छौ’ न्यौपानेले बैठकको निर्णय सुनाउँदै भनिन्।

]]>