देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दसैं मान्न उपत्यका छोडेका मानिस उपत्यका फर्कदै,काठमाडौंको चहलपहल बढ्यो

देशान्तर

काठमाडौ । राजधानी बाहिर दशैं मनाएर काठमाडौँ फर्कक्रम सुरु भएको छ । टिकाको भोलीपल्टबाटै मानिसहरु राजधानी फर्कनेक्रम सुरु भएपनि यो संख्यामा शुक्रबारदेखि हृवात्तै बृद्धि भएको छ । शुक्रबार बिहानमात्रै ६२ हजारभन्दा बढी मानिसहरु काठमाडौं भित्रिएको प्रहरीको तथ्याङकमा उल्लेख छ । ट्राफिक कन्ट्रोलका अनुसार शुक्रबार विहान ९ बजेभित्र ८ हजार २ सय २२ वटा सवारी साधन राजधानी भित्रिएका छन् । ती साधनबाट करिब ६२ हजार ५ सय यात्रुहरु राजधानी प्रवेश गरेका छन् ।  शुक्रबार दिनभरमा करिब १ लाखभन्दा बढी यात्रुहरु राजधानी प्रवेश गर्ने ट्राफिक प्रहरीको अनुमान छ ।

तथ्यांक अनुसार हिजो बिहीबार दिनभरिमा करिब ६२ हजार मात्रै यात्रु राजधानी प्रवेश गरेका थिए । यस्तै टीकाको दिन २५ हजार यात्रु राजधानी प्रवेश गरेका थिए भने १७ हजार यात्रु राजधानीबाट बाहिरिएका थिए ।टीकाको भोलीपल्ट अर्थात असोज २६ गते करिब २६ हजार यात्रुहरु राजधानी भित्रिएका थिए भने सो दिन २९ हजार यात्रु राजधानी छोडेर बाहिरिएका थिए ।

ट्राफिक कन्ट्रोलका अनुसार शुक्रबार बिहानैदेखि राजधानी भित्रिने सवारी साधन र यात्रुको संख्या हृवात्तै बढेको हो । नागढुंगा प्रहरीका अनुसार भोलि शनिबार राजधानी भित्रिने यात्रुको चाप सबैभन्दा बढी हुनेछ । शनिबार कोजाग्रत पूणिर्मा भएकाले दशैंको छुट्टी सकिने र आइबार कार्यालयहरु खुल्ने भएकाले शनिबार राजधानी भित्रिने मानिसहरुको चाप बढ्ने प्रहरीको भनाइ छ ।

]]>