देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चार मन्त्रालय पनि बाँडफाँड गर्ने तयारी, यी हुँदैछन् राज्यमन्त्री

देशान्तर

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले चार राज्यमन्त्री मागेको छ। साथै, पार्टीले पाउने राज्यमन्त्रीमा विधि र प्रक्रियाअनुसार नाम टुंगो लगाउनुपर्ने पनि पौडेल पक्षको माग छ। सभापति देउवाले दुई राज्यमन्त्रीका लागि नाम मागेको भन्दै पौडेल पक्ष असन्तुष्ट छ । ‘कसरी बनाउने भन्ने छलफल नै नगरी खालि दुईजनाको मात्र नाम मागिएको छ,’ पौडेलनिकट एक केन्द्रीय सदस्य भन्छन्, ‘संख्याको मात्रै कुराभन्दा पनि सभापतिको नियतमा प्रश्न उठेको छ । महामन्त्रीले दुई दिन सभापतिलाई भेटेर संख्या मात्र होइन, विधि र प्रक्रियाअनुसार अघि बढौँ भन्नुभएको छ ।’ कांग्रेसबाट आठ राज्यमन्त्री बन्दा संस्थापनबाट पाँच, पौडेल पक्षबाट दुई र सिटौला पक्षबाट एकजनालाई बनाउने तयारी छ।

देउवा पक्षबाट दीर्घराज भाट, दिलीप गच्छदार, अब्दुल रज्जाक, सुवर्ण ज्वारचन, आङटावा शेर्पा, सुजाता परियार, ध्रुव वाग्ले प्रमुख दाबेदार छन् ।  पौडेल पक्षबाट सुरेन्द्र आचार्य, जीवन परियार, सरिता प्रसार्इं, कञ्चनवादे श्रेष्ठको सम्भावना बलियो छ। सिटौला पक्षबाट तारामान गुरुङ र सुधीरकुमार सिवाकोटी चर्चामा छन् । सत्ता गठबन्धन दुई दल कांग्रेस र माओवादी केन्द्रले बाँकी रहेको चार मन्त्रालय बाँडफाँडको तयारी गरेका छन् । चारमध्ये एक कांग्रेस र एक माओवादी केन्द्रले लिनेछन् भने बाँकी दुई मन्त्रालय मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका लागि खाली राख्ने तयारी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयका अनुसार प्रधानमन्त्री अहिले चार मन्त्रालय आफैँसँग राख्नुभन्दा मन्त्री थप गरेर सरकारलाई पूर्णता दिने पक्षमा छन्। अहिले प्रधानमन्त्रीसँग खानेपानी तथा सरसफाइ, पशुपक्षी विकास, महिला बालबालिका तथा समाजकल्याण र विज्ञान तथा प्रविधि मन्त्रालय छ । साना दलले मन्त्रीका लागि दौडधुप बढाए पनि प्रधानमन्त्री उनीहरूलाई मन्त्री नबनाउने सोचमा रहेको सचिवालयले जानकारी दिएको छ । आजको पत्रपत्रिकामा समाचार छ । 

]]>