देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लोकमानको मुद्दा सुनुवाईको दुई सातामै फैसला

देशान्तर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी मुद्दामा सुनुवाइ थालेको दुई सातामै फैसला हुने भएको छ। मुद्दामा अन्तिम सुनुवाइका लागि प्रक्रिया पूरा भएको छ ।  मुद्दाको पेसी १६ गते तोकिएको छ ।

‘सबै प्रमाण तयार भएकाले मंसिर १६ गतेदेखि अन्तिम सुनुवाइको पेसी तोकिएको छ,’, सर्वोच्च अदालत प्रशासनले भन्यो, विपक्षीका कानुन व्यवसायीले मुद्दा लम्ब्याउने प्रयार नगरे सुनुवाइ सुरुको दुई सातामै फैसला हुनसक्छ ।’ अदातती बन्दोबस्ती नियम अनुसार कार्कीका कानुन व्यवसायीले दुई पटकसम्म सुनुवाई स्थगन गर्न पाउनेछन्।

विपक्षी बनाइएका कार्की म्याद बुझेर अदालत उपस्थित भएपछि लगातार सुनुवाइ गरी मुद्दालाई किनारा लगाउन सबै अंग पुगेको छ ।  कानुनी रुपमा मुद्दामा पक्ष विपक्षको लिखित जवाफ आएपछि अंग पुग्छ। नागरिक दैनिकमा समाचार छ । 

]]>