देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मेलम्चीको पाइपलाइन बिछ्याउने काम ६३ प्रतिशत सम्पन्न

देशान्तर

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको उप आयोजना २ अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल तथा सुधारको काम ६३ प्रतिशत सम्पन्न गरेको छ।

मेलम्ची खोलाबाट करिब २७ किमि सुरूङ हुँदै ल्याइने पानी राजधानीबासीका घर घरमा पुर्‍याउन हाल पाइप बिच्छ्याउने काम भइरहेको छ ।  पीआईडीले हालसम्म ४ सय २५ किमि पाइपलाइन विछ्याइ सकेको जनाएको छ। यसमध्ये करिब २० किमि फलामे र बाँकी पोलिथिन पाइपलाइन विच्छ्याइएको पीआईडीका प्रवक्ता लीला ढकालले जानकारी दिए।

उपत्यकाभित्र ५२ किमि थोक वितरण प्रणालीसहित पानी वितरणका लागि करिब ७ सय किमि पाइपलाईन विस्तार गर्नुपर्नेछ।  आजको कारोबार दैनिकमा समाचार छ । 

]]>