देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस सभापति देउवालाई जेएनयूको मानार्थ विद्यावारिधि

देशान्तर

काठमाडौं । भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जवहारलाल नेहरु विश्वविद्यालय जेएनयू  विद्यावारिधि पिएचडीको उपाधि दिएको छ। देउवालाई १२औं नेहरु मेमोरियल लेक्चरमा अतिथि वक्ताका रुपमा बोलाएर जेएनयूले मानार्थ पिएचडी दिएको हो।

देउवाले जेएनयूमा आइतबार डेमोक्रेसी एन्ड प्रोग्रेस इन दि एसियन सेन्चुरी विषयमा धारणा राखेका थिए। सहयोगी भानु देउवाका अनुसार देउवाले २२ कात्तिकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ। कात्तिक १९ गते देउवा भारतको गोवामा निर्वासित तिब्बती नेताले सम्बोधन गर्ने उद्घाटन कार्यक्रमको प्रमुख अतिथि बनेका थिए।

भारतीय जनता पार्टी निकट इन्डिया फाउन्डेसनले आयोजना गरेको इन्डिया आइडियाज कन्क्लेभ–२०१६ लाई पूर्वप्रधानमन्त्री देउवाले शुक्रबार साँझ सम्बोधन गरेका थिए। शुक्रबार बेलुकी नै देउवाले भारतीय जनता पार्टीका अध्यक्ष अमित साह, महासचिव राम माधव र रक्षामन्त्री मनोहर पर्रिकरलाई भेटेका थिए। 

]]>