देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री दाहालको कार्यशैलीप्रति पार्टीभित्र तीव्र आलोचना

देशान्तर

काठमाडौं । सरकार नेतृत्व गरेको एक सय दिन नपुग्दै नेकपा माओवादी केन्द्रभित्रबाट प्रधानमन्त्री पुष्पकमल दाहालको तीब्र आलोचना सुरु भएको छ ।  

परिवारका सदस्यलाई राजनीतिक नियुक्ति दिलाएको, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणमा सार्वजनिक विदा घोषणा गरेको, इमान्दार र क्षतावानलाई पन्छाएर आफू र परिवारका सदस्य रिझाउनलाई राजनीतिक नियुक्तिमा लागेको आरोप लगाउँदै उनको आलोचना हुन थालेको छ ।

भारतको गोवामा जाँदा प्रधानमन्त्री दाहालले आफ्ना पराराष्ट्र मामिलाका सल्लाहकार ऋषि अधिकारीको नाम काटेर निजी चिकित्सक युवराज भुसाललाई लगेको विषय सेलाउन नपाउँदै प्रशासनिक सल्लाहकारमा भाइ नारायण दाहाललाई नियुक्ति गरेपछि उनको तीव्र आलोचना सुरु भएको छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

]]>