देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालीसँग भएका भारू नसाटिने निश्चित

देशान्तर

काठमाडौं ।  नेपालीसँग रहेका ५ सय र १ हजार दरका भारतीय रूपैयाँ साटिने सम्भावना टरेको छ। नेपाल राष्ट्र बैंकले पटक–पटक आग्रह गरे पनि भारतको वित्त मन्त्रालयले पुरै बेवास्था गरेपछि नोट नसाटिने देखिएको हो।

भारतमा यी नोट साट्ने अवधि पुस १६ सम्म छ। भारतीय पक्षले बेवास्था गरेका कारण नेपालबाट भारतीय पक्षसँग कुराकानी गर्ने जाने भनिएको टोली जान सकेको छैन।  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले अहिलेसम्म नेपालले भारतीय पक्षबाट आउने जवाफ पर्खेरै बसेको बताए।

को सँग कुरा गर्ने र कहिले कुरा गर्ने भन्ने विषयमै उनीहरूको जवाफ पर्खिरहेका छौ,’ उनले भने। कारोबार दैनिकमा समाचार छ । 

]]>