देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

छाउपडी गोठमै किशोरीको मृत्यु

देशान्तर

काठमाडौं ।  निकै तामझामका साथ अघिल्लो वर्ष नै छाउपडीमुक्त घोषणा भइसकेको गाविसमै एक किशोरीले छाउगोठभित्र ज्यान गुमाएकी छिन्।

गाज्रा–७ कि १५ वर्षीया रोशनी तिरुवा शनिवार साँझ ६ बजे खाजा खाएर घरछेवैको छाउपडी गोठमा सुत्न गएकी थिइन्। आइतबार बिहान साढे ७ बजेसम्म पनि नउठेपछि बुवा भरत हेर्न जाँदा महिनावारी बारिरहेकी छोरी गोठमै मृत भेटिइन्। उनले हतारिँदै प्रहरीलाई खबर गरे। मृत्युको कारण यकिन हुन सकेको छैन। जिल्लामा एक महिनामा दुई किशोरीको छाउगोठमै ज्यान गइसकेको छ।

जिल्ला प्रहरी कार्यालयका निरीक्षक बद्रीप्रसाद ढकालले जाडोमा आगो बाल्दा धूवाँमा निसास्सिएर मृत्यु भएको हुन सक्ने अनुमान गरेको छ ।  कान्तिपुर दैनिकमा समाचार छ । 

]]>