देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लुटेको दुई तोलाको सिक्री रक्सीको सितनसंगै निल्दा

देशान्तर

काठमाडौं । लुटेको सुन लुकाउन रक्सीसँगै निलेका एक लुटेरा अस्पतालमा जीवनमरणको दोसाँधमा छन्। वीर अस्पतालमा भर्ना गरिएका उनको छिनछिनको स्वास्थ्य अवस्थाको चासो काठमाडौं प्रहरीले लिइरहेको छ। 

काठमाडौंमा केही दिनअघि भएको लुटपाट घटनाका आरोपीले प्रमाण लुकाउन खोज्दा ज्यान जोखिममा परेको हो। प्रहरी फन्दामा परेका ती लुटेरा अहिले वीर अस्पताल भर्ना गरिएका छन्। घटनाको प्रमाण र आरोपीको प्राण जोगाउन प्रहरी आरोपीको स्याहारसुसारमा खटिरहेको छ। प्रहरीका अनुसार कीर्तिपुर घर भइ हल्चोक बस्ने सुमन महर्जनले लुटेको दुई तोलाको सुनको सिक्री निलेका थिए। 

महानगरीय प्रहरी वृत्त, स्वयम्भूका अनुसार मंसिर १८ गते राति भएको लुटपाट घटनामा संलग्न आरोपमा पक्राउ परेका महर्जनले शुक्रबार राति रक्सीको सितन बनाएर दुई तोलाको सिक्रि निलेका थिए । नागरिक दैनिकमा समाचार छ । 

]]>