देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जीवा लामिछानेको पहिलो पुस्तक सर्सर्ती संसार सार्वजनिक

देशान्तर

काठमाडौं । जीवा लामिछानेको पहिलो पुस्तक ‘सरसर्ती संसार‘ शनिबार सार्वजनिक भएको छ। गैरआवासीय व्यवसायी तथा गैरआवासीय नेपाली संघ एनआरएनका पूर्वअध्यक्ष लामिछानेले पहिलो पुस्तकका रुपमा नियात्रा संग्रह प्रकाशित गरेका हुन्।संसारका विभिन्न देशको यात्रा प्रसंगलाई पुस्तकमा समेटेको लामिछानेले बताए।

सुरुमा पुस्तकबारे पत्रकार देवेन्द्र भट्टराईसँग लेखकले छलफल गरेका थिए भने अन्तिममा आख्यानकार ध्रुवचन्द्र गौतमलाई पुस्तक उपहार दिएर पुस्तक सार्वजनिक गरिएको थियो। लामिछानेले घुम्ने सौख भएको एउटा मान्छेले भोगेका विषय नै पुस्तकमा सरसर्ती समेटेको बताए।

एनआरएन अभियान, व्यावसायिक काम र अक्सर छुट्टी मनाउने सिलसिलामा विभिन्न देश पुग्दाको प्रसंगलाई किताबमा राखेको उनले बताए। पुस्तक नेपालयले छापेको हो।

]]>