देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तमिलनाडुकी मुख्य मन्त्री जयललिताको निधन

देशान्तर

काठमाडौं । भारत तमिलनाडुकी मुख्यमन्त्री जयललिताको गएराति निधन भएको छ। ६८ वर्षिया जयललितालाई हृदयघात भएपछि आईतबार चेन्नईस्थित एपोलो अस्पताल भर्ना गरिएको थियो।

स्थानीय समयअनुसार सोमबार राति साढे ११ बजे उनको निधन भएको एपोलो अस्पतालले पुष्टि गरेको छ। १९४८ फेब्रुअरी २४ मा जन्मिएकी जयललिताले सन्  १९८२ मा राजनीतिमा प्रवेश गरेकी थिइन्। बलिउडमा समेत चर्चित जयललिताले एक सय ४० वटा चलचित्रमा अभिनय पनि गरेकी थिइन्। 

आफ्ना समर्थकमाझमा अम्माको नामले परिचित जयललिताले चार पटकसम्म तमिलनाडुमा मुख्य मन्त्री भइसकेकी थिइन्।

]]>