देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले सांसद् पिके राईको व्यवहारले स्थानीय रुष्ठ

देशान्तर

खोटाङ्ग (खार्पा) । स्थानीय तह पुनःसरंचना आयोगले सरकार समक्ष वुझाएको प्रतिवेदनको विरोध गरेको भन्दै एमाले सांसद् पाँचकर्ण राई (पिके राईं)सँग स्थानीयवासी रुष्ठ बनेका छन् । खोटाङ जिल्लाको हकमा आयोग प्रतिवेदनले गरेको सिफारिस सही भएकोले त्यसको विरोध नगर्न सांसद् राईलाई स्थानीयहरुले चेतावनीसमेत दिएका छन् ।   स्थानीय जनताको मर्म र भावना विपरित तानाशाही शैलिमा प्रभुत्व जमाउने उद्देश्यले आयोगको सिफारिसको विरोध गरिरहेको स्थानीयहरुको आरोप छ ।

उत्तेजित कार्यगरी आयोगमा तर्साउने र खोटांङ्गको सभ्यताको रुपमा रहे्को रावाखोला सभ्यताको भुगोल र आदिमकालदेखि सभ्य रुपमा वस्दै आएका एक दर्जन भन्दा वढी जातजातिको भावना विपरित भुगोललाई चिरा पारी आपm्नो राजनितीक अभिस्ट पुरा गर्ने स्वार्थमा सांसद राई लागेकाले आफूहरु उनको विरोधमा उभिन बाध्य भएको खार्पाका एक स्थानीयले बताए । 

आयोगले स्थानिय प्राविधीक समितिको सिफारिस विपरित लामिडाँडा गाउँपालिकालाई नमानेर बुइपासहित मौरे गाउँपालिका बनाउनुपर्ने भन्दै सांसद् राईको दबाब दिइरहेका छन् । उक्त गाउँपालिका बनाउँदा रावा वेसीका आठ वटा गाविसलाई अपायक पर्ने हुन्छ । तर सांसद पिके राईले बुइपामा रहेको बर्चस्व कायम राख्न बुइपासहित मौरे गाउँपालिका बनाउनुपर्ने पक्षमा छन् । स्थानियबासीले भने कसैको दवावमा अहिलेको निर्णय नउल्टान आयोगलाई समेत चेतावनी दिइसकेका छन् । सो क्षेत्रमा राई बाहुल्यता भएका कारण सांंसद राईले  जातिय द्धवेष फैलाउने प्रयासमा लागेको स्थानियको आरोप छ । 

‘सरकारले गलत काम गर्दा त खवरदारी राख्ने यस भेगका जनतालाई कम आंक्ने सांसद त के जो कोहिलाई पनि कसरी ठिक लगाउनु पर्छ यस भेगका जनतालाई राम्रै राजनीतिक ज्ञान छ’, रावावेसि गाउँपालिका बनाउने अभियानका संयोजक फटिक श्रेष्ठले खार्पा गाउपरिषद्को कार्यक्रमलाई संवोधन गर्दै भने, ‘हामी हरेक गाउँपरिषदवाट आयोगले गरेको निर्णयलाई अनुमोदन गर्ने छौ । हामी विधि अनुरुप अगाडि वढेका छौ ।’ 

परिषदले सांसद पिके राईलाई सभ्य र मर्यादित रुपमा जनताको मताधिकार प्रयोग गर्न सवै क्षेत्रवाट सुझाव दिने निर्णय गरेको छ । आयोगको निर्णयलाई जाड खाएर गरेको निर्णय भन्ने सांसदले अमर्यादित शव्द प्रयोग गर्दा उल्टै मदिरा सेवन त गरेका थिएनन् यसले आयोगप्रति लगाएको आरोपवाट आयोगको मानहानि हुने काम भएको छ । 

 

]]>