देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सडक विस्तार पीडितको बन्द निष्प्रभावी

देशान्तर

काठमाडौं । काठमाडौं उपत्यकाब्यापी सडक विस्तार पीडित संघर्ष समितिले आब्हान गरेको बन्दका कारण विहानैदेखि उपत्यकाको जनजीवनमा खासै प्रभाव परेको छैन । बिहान चिसोका कारण फाटफुटमात्र सवारी साधन चलेको देखिएपछि बिस्तारै सवारी साधानहरु सडकमा देखिन थालेका छन् । काठमाडौंबाट उपत्यकाबाहिर छुट्ने सवारी साधन पनि आज छुटेका छैनन भने नागढुंगा, फर्पिङ, कोटेश्वरबाट कुनै सवारी साधन उपत्यका नभित्रिएको ट्राफिक प्रहरीले जनाएको छ। बन्द गराउँदै हिँडेका २३ जनालाई काठमाडौंबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका निमित्त प्रहरी प्रमुख प्रद्युम्न कार्कीले बताए।

त्यस्तै ललितपुरबाट पनि ६ जनालाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका डिएसपी इश्वर कार्कीले बताए। विभिन्न १० वटा माग राखेर संघर्ष समितिले उपत्यका बन्द आब्हान गरेको हो। उपत्यकाबासीका आफ्ना पुख्र्यौली थातथलो घर जग्गाबाट सडक विस्तारका नाममा मुआब्जा नदिइ उठिबास लगाउने कार्यको विरोध स्वरुप बन्द आब्हान गरिएको संघष समितिले जनाएको छ।

सरकारले हचुवाको घरमा घर भत्काउन लागेका कारण कतिपय घरधनीले डिप्रेसनको शिकार भएको हुदाँ त्यस विषयमा पनि सरकारको ध्यानाकर्षण गर्न बन्द आब्हान गरेको समितिले जनाएको छ। विभिन्न स्थानका २४ वटा संघर्ष समिति मिलेर उनीहरुले बन्द आब्हान गरेका हुन्।

]]>