देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चुनावमा लाग्न कार्यकर्तालाई काँग्रेस महामन्त्री कोइरालाको निर्देशन

देशान्तर

कावासोती ।  नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले चुनावमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नवलपरासी क्षेत्र नं. ३ को चोरमारामा काँग्रेस क्षेत्रीय समितिले गरेको कार्यक्रममा उउनले भने– ‘संविधान कार्यान्वयनका लागि घोषित स्थानीय निर्वाचनलाई सफल बनाउनुपर्दछ ।’

महामन्त्री कोइरालाले स्थानीय निर्वाचन घोषणा भएकाले अव त्यसलाई सफल बनाउनुको विकल्प छैन् भन्दै चुनावमा सक्रियताका साथ लाग्न कार्यकर्तालाई निर्देशन दिए । मधेसी मोर्चा असन्तुष्ट हुँदा संविधान कार्यान्वयनमा चुनौती भएको बताउँदै उनले मधेसी मोर्चाको असन्तुष्टि सम्बोधन गर्ने दायित्व काँग्रेसमाथि आएकाले यसका लागि मोर्चासँग छलफल गरी अगाडि बढ्ने बताए ।

महामन्त्री कोइरालाले आगामी वैशाख ३१ गतेलाई निर्वाचनको मिति तय गरिएकाले मधेसी मोर्चासहितका असन्तुष्ट दलहरुसँग वार्ता गरेर समस्याको समाधान गर्ने बताउँदै सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्न कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा काँग्रेस जिल्ला सभापति विष्णु लामिछाने, काँग्रेस नेता कृष्णचन्द्र नेपाली, क्षेत्र न।३ का क्षेत्रीय सभापति जगतबहादुर कार्की, क्षेत्रीय सचिव धनसिङ बोहोरालगायतले स्थानीय चुनावमा काँग्रेस भूमिकाका विविध पक्षमाथि प्रकाश पारेका थिए । 

]]>