देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनसम्पर्क समिति अमेरिकामा चरम विवाद

देशान्तर

सभापति बिष्टले पेलेपछि सुवेदी समूह भड्कियो

न्यूयोर्क (अमेरिका) । नेपाली जन सम्पर्क समिति अमेरिकाको जन सम्पर्क समितिको बिबाद चरम उत्कर्षमा पुगेको छ । लामो समय सम्म आन्तरिक झमेलामा रहेको यो संगठनले २०१४ मा एकताको अधिबेशन मार्फत नेतृत्व छानि सम्पुर्ण बिबाद अन्त्य भएको यसका नेताहरुले दाबी गरेका थिए । 

तर अधिबेशन लगत्तै निर्बाचित सभापतिले आफु खुशि बिधान परिवर्तन गरे पछि विवाद बल्झियो र करिब ९ महिनासम्म समितिको कारवाही ठप्प बन्यो । 

नेपाली कांग्रेसका तात्कालिन जनसम्पर्क बिभाग प्रमुख अर्जुन जोशिको निर्देशन अनुसार बिधानको समस्या हल गरिएको थियो । 

तर बिभिन्न गुटमा बिभाजीत यो समितिमा एक मत कहिल्यै देखिएन ।निर्वाचित सभापतिले पेलेर जाने मनस्थिति बनाएपछि  अर्को पक्ष सधैभरी ससंकित भई नै रह्यो ।नेपाली कांग्रेसको महाधिबेशनमा भाग लिने महासमिति सदस्यमा र महाधिबेशन प्रतिनिधि को छनोटमा पौडेल पक्षलाई जम्मा २ र देउवा पक्षलाई ५ को भागबन्डा गरे पनि नेपालमा गएर पौडेल तिर ५र देउबा तिर २ मात्र भए । यहि बिबाद चर्कदै गर्दा एकले अर्कोलाई कारवाही समेत गर्ने सम्मका हर्कत सम्म संगठनले भोग्नु पर्यो ।

त्यसपछि नेपाली कांग्रेसका महामन्त्री डा ससांक कोईराला अमेरिका आएको बेला सबै पक्षलाई मिलाई बिबादको अन्त गरिएता पनि सभापति आनन्द बिष्टले सभापति शेर बा देउवाको धक्कु लगाउदै मान्न आनकानि गरेपछि त्यसको १० महिना सम्म बिबाद मै बित्यो । केहि महिना पहिला एनआरएनको सभामा भाग लिन आएका नेपाली कांग्रेसका नेताद्धय डा प्रकाश शरण महत र कल्याण गुरूड्गको स्पष्ट निर्देशन पछि महामन्त्रीको निदेशन मान्न राजी भए पछि बिष्णु सुबेदिले सहमत भई अब केन्द्रिय अधिबेशनको तयारीमा लाग्ने सहमति गरेका थिए ।

भुकम्प पिडितका लागी उठाएको रकम फर्जि बिल ल्याको आरोप खेपेका सभापति र २१५०० डलर अप्रचलन गरेर फिर्ता गरेका महसचिब मुनिन्द्र नेमवाड्गको मिलोमतोमा अहिले केन्द्रीय अधिबेशन छल्न सधारण सभाको घोषणाले पुनः बिबाद चर्किएको छ । म्याद सकिएका च्याप्टरको समय अबधि थपेर सधारण सभा घोषणा गरे पछि पुर्व संयोजक बिष्णु सुबेदीले पनि राष्ट्रिय डेलिगेट भेला को घोषणा गरे पछि बिधिवत नेपाली जन सम्पर्क समिति दुईटा भएका छन । कांग्रेसका जानकार हरू अब पार्टिले हस्तक्षेप गरेर निकाश दिनु पर्ने बताउछन । यहि अप्रिल २२ तारिक का दिन दुबै समुहले भेलाको आयोजना गरेका छन ।

]]>