देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच ४५ मिनेट भेटवार्ता

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङस्थित राष्ट्रिपति  कार्यालय ग्रेटहलमा करिब ४५ मिनेट भेटवार्ता भएको छ । चीन भ्रमणको चौथो दिन दाहालले राष्ट्रपति सीसँग चिनियाँ समय अनुसार दिउँसो ४ वजेर १० मिनेटमा सुरु भएको भेटवार्ता करिब ४५ मिनेट चलेको थियो।

फोटो प्रकाश दाहालको ट्वीटरबाट

सी र दाहाल भेट नेपाल चीनबीच देखिएको असमझदारी हटाउन निर्णायक रहेको प्रतिनिधिमण्डलका सदस्यले जनाएका छन्।  हाइनान प्रान्तमा बोआओ एसिया फोरमलाई सम्बोधन गरेर शनिबार साँझ बेइजिङ आइपुगेका प्रधानमन्त्री दाहालले आइतबार उपप्रधानमन्त्री वाङ याङ, सीपीसी अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओसँग भेटवार्ता गरी नेपाल चीन सम्बन्धका विभिन्न पक्षमाथि छलफल गरेका थिए।

आइतबार बेइजिङ वैदेशिक अध्ययन विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धः विकास तथा सम्वृद्धिका सम्भावनाहरू’ शीर्षकमा मन्तव्य दिएका दाहालले सोमबार चीनका व्यवसायीहरूसँग ‘विजनेश राउण्डटेवल’ मा नेपालमा लगानी गर्न आग्रह गरेका थिए। प्रधानमन्त्री दाहालको टोली अहिले बेइजिङबाट छेङ्दुतर्फ प्रस्थान गर्दैछ। भोली छेङ्दुबाट ल्हासामा एक रात बिताएर बुधबार काठमाडौँ फर्कने कार्यक्रम छ ।