देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्वाचन आयोग घेर्न पुगेका बाबुराम भट्टराई प्रहरी नियन्त्रणमा

देशान्तर

काठमाडौं । निर्वाचन चिन्ह दिनु पर्ने माग गर्दै निर्वाचन आयोग घेराउ गर्न पुगेका पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

निर्वाचन चिन्ह नपाएका दलहरुले स्थानीय तहको निर्वाचनमा आफ्नो चुनाव चिन्ह दिनु पर्ने माग गर्दै निर्वाचन आयोग घेराउको कार्यक्रम राखेका थिए।

निषेधित क्षेत्र तोड्ने प्रयास गरेको भन्दै भट्टराई सहित २ दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। उनीहरुलाई २ नम्बर गणमा राखिएको छ।