देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोर्चालाई बाहिर राखेर चुनाव गराए मुलुक जातिय द्धन्दमा जान्छ : डा शेखर

देशान्तर

पर्सा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मधेसी मोर्चालाई बाहिर राखेर स्थानीय तहको निवार्चन गर्दा मुलुक जातीय द्वन्द्वमा फस्ने खतार रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन पर्सा शाखाले विहिवार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले मोर्चालाई सहभागी नगराइ भएको स्थानीय तहको निर्वाचनले तराईमा जातीय द्धन्द बढाउनुको साथै अतिवादी शक्ति हाबी हुने खतरा रहको विचार व्यक्त गरे ।

उनले तराईको समस्यालाई काठमाडौँका नेताले नबुझेको बताउँदै मध्यमार्गी शक्तिको रुपमा रहेको मधेसी मोर्चालाई निवार्चनमा सहभागी गराएर देश विकासमा साथसाथै अघि बढ्नुको विकल्प नभएको प्रस्ट पारे ।