देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘संविधान कार्यभार राष्ट्रिय कार्यभार’

देशान्तर

सिन्धुली। सभामुख ओनसरी घर्तीले संविधानको प्रभावकारी कार्यान्वयन आज राष्ट्रको महत्वपूर्ण कार्यभार भएको बताए ।

सिन्धुलीमाढीमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीयसभाको ४६ औंँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख घर्तीले संविधान कार्यान्वयन बाट नै जनताका अधिकार सुनिश्चित हुने भएकाले यसमा सबैको सहभागिता जरुरी रहेको उल्लेख गरे।

उनले संविधानमा उल्लेख गर्न नसकिएका विषय वार्ता र संवादको माध्यमबाट संविधान संशोधनको प्रक्रियाबाट हल गर्न सकिने बाटो समेत संविधानले दिएकामा सम्बन्धित सबैको ध्यानाकर्षण गराए।

उनले स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न आवश्यक वातावरणको निर्माण गर्न पनि सरकार सँग आग्रह गरे। अर्को प्रसङ्गमा उनले रेडक्रस कानुन निर्माणमा सरकार र सम्बन्धित पक्षको सकारात्मक सहयोग पुग्ने विश्वास समेत उनले दिलाए।