देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्वाचनमा मधेसकेन्द्रित दललाई पनि सहभागी गराउनुपर्छः उपप्रधान तथा गृहमन्त्री निधि

देशान्तर

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आगामी स्थानीय तहको निर्वाचनमा वार्ता र सहमतिबाट मधेसकेन्द्रित दललाई समेत सहभागी गराउनुपर्ने बताएका छन् ।

गृहमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले सोमवार राती जारी गरेको प्रेस विज्ञप्तिमा स्थानीय तहको निर्वाचनका लागि मधेस केन्द्रित दलबीच सहमति र समझदारी नबनेका सन्दर्भमा वार्ता र संवादबाट निर्वाचनको वातावरण बनाउन आवश्यक रहेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ– ‘स्थानीय तहको निर्वाचन गर्नका लागि निर्वाचन आयोगले तयारी पूरा गरे पनि सरकार सुरक्षा दिन तयार भए पनि यतिले मात्रै पुग्दैन, निर्वाचनमा सबै दलको सहभागिता पहिलो सर्त हो ।’

सोमवार बिहान यसै सन्दर्भमा उपप्रधान तथा गृहमन्त्री निधिले आफूले अङ्गे्रजी भाषामा गरेको ट्वीटको मूल आशय यही भएको र सोहीरुपमा बुझिदिनका लागि सम्बन्धित सबैमा आग्रह गरिएको छ ।