देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सवारी दुर्घटनामा मृत्यु

देशान्तर

हेटौँडा। काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको ना६ख १०९१ नंको तेल ट्यांकरले हेटौँडा बजारबाट औद्योगिक क्षेत्रतर्फ जाँदै गरेको ना७प ९६२ नंको मोटरसाइललाई आज दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

निधन हुनेमा मकवानपुरगढी गाउँपालिका–४ बस्ने ४८ वर्षीय घनश्याम बन्जारा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयले जनएको छ ।