देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाटो काट्दै गर्दा मोटरसाइकलको ठक्करबाट पूर्व गृहसचिवको मृत्यु

देशान्तर

काठमाण्डौ । जेब्रा क्रसबाट बाटो काट्ने क्रममा काठमाडौंको अनामगरमा पूर्व गृह सचिव पद्मराज सुवेदीको मृत्यु भएको छ। आइतबार अनामनगरस्थित बाजेको सेकुवा अगाडिपट्टी रहेको जेब्रा क्रसबाट बाटो काट्ने क्रममा ७९ वर्षीय सुबेदीलाई मोटरसाइकलले ठक्कर दिएको सिंहदरबारका ट्राफिक प्रहरी निरीक्षक बाबुकाजी गिरीले जानकारी दिए।

अनामनगरबाट हनुमानथान मन्दिर तर्फ आउँदै गरेको बा ७९ प ४३९२ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो। ठक्करपछि घाइते भएका उनको माइतीघर स्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ। प्रहरीले मोटरसाइकल चालक त्रिपुरेश्वर बस्ने बिवेक बस्नेतलाई नियन्त्रणमा लिएको छ।

सुवेदी अनामनगरस्थित आफ्नै घरमा बस्दै आएका थिए। पछिल्लो समय उनी सामाजिक कार्यमा सम्लग्न थिए। स्थानीयका अनुसार उनले नै अनामनगरको क्षेत्रको नामाकरण गरेका थिए।