देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले सार्वजनिक गरेको स्थानीय तह निर्वाचनको घोषणापत्रका बिषेशता

देशान्तर

काठमाडौं । स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेसको तयार पारेको चुनावी घोषणापत्र मंगलबार सार्वजनिक भएको छ। स्थानीय निर्वाचनको लागि तयार पारिएको घोषणापत्र पार्टी मुख्यालय सानेपामा सभापति शेरबहादुर देउवाले सार्वजनिक गरेका छन्।
कांग्रेसको नेतृत्वमा शान्ति र संविधान कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान भन्ने नारासहित तयार पारिएको घोषणापत्र तीन खण्डमा विभाजिन गरिएको छ। पहिलो खण्डमा स्थानीय स्वायत्त शासन समसामयिक राजनीति र अबको एजेण्डा लगायतका विषयवस्तु समेटिएको छ।

दोस्रो खण्डमा नेपाली कांग्रेसले विगतमा पुर्‍याएको योगदानको चर्चा गरिएको छ। राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनको संवाहकको रुपमा कांग्रेसले पुर्‍याएको योगदान र आर्थिक विकासको अभियन्ताको रुपमा गरेको योगदानलाई व्याख यो खण्डमा गरिएको छ।

तेस्रो खण्डमा कांग्रेसले आर्थिक समृद्धि, सामाजिक प्रगति, पूर्वाधार विस्तार, वन वातावरण संरक्षण र सुशासन प्रत्याभूतिको संकल्प उल्लेख छ। साथै प्रजातन्त्र पूनर्प्राप्तिपछिको २५ बर्षमा कांग्रेस नेतृत्वमा भएका नीतिगत सुधारको प्रतिफल, अबको १० बर्षमा नेपाल कस्तो हुनेछ भन्ने झलक पनि कांग्रेसले घोषणापत्रमा पेश गरेको छ। स्थानीय सरकारको स्वरुपबारे पनि यसमा उल्लेख गरिएको छ। युवा उद्यम चुनौती कोष कार्यान्वयनमार्फत् स्थानीय रोजगारी सिर्जनाको अवधारणा पनि घोषणापत्रमा छ।