देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धनकुटामा बौद्धमार्गीलाई ज्योतिष शास्त्र प्रशिक्षण

देशान्तर

धनकुटा । प्रदेश नं १ का बौद्धमार्गी लामालाई ज्योतिष शास्त्रमा आधारित बौद्ध चि प्रशिक्षण मणि लुङ सुरु भएको छ ।

शुक्रबार धनकुटा–१ हिलेमा नेपाल तामाङ लामा घेदुङ केन्द्रीय समितिको आयोजना र जिल्ल्ला घेदुङ म्हानीपा घेदुङ धनकुटाको व्यवस्थापनमा सुरु भएको प्रशिक्षणमा प्रदेश नं १ अन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, भोजपुर, सङ्खुवासभा, तेह्रथुम र धनकुटाका बौद्धधर्मालम्बी लामा एक सय ५० सहभागी रहेको घेदुङका सचिव निरेन तितुङ तामाङले बताए ।

हिले बजारमा रहेको थुप्तेन देक्षेन छ्योलिङ गुम्बामा प्रशिक्षण भईरहेको आयोजकले जनाएको छ ।

प्रशिक्षकमा नेपाल तामाङ लामा घेदुङका धर्मगुरु खेन्पो सोनाम ग्युरमे बल तामाङ, सहायक प्रशिक्षकका रुपमा लामा घेदुङका केन्द्रीय अध्यक्ष पाल्देन लामा र महासचिव लामा मणिकुमार मोक्तान रहेका छन् ।

तामाङ समुदायले मनाउने सोनाम ल्होछार मञ्जुश्री पात्रोअनुसारको नयाँ वर्ष मनाउने सन्दर्भ, ल्हो गणना पद्धति, बौद्ध ज्योतिष पात्रो अथवा सोनाम ल्होतोकअनुसार दशाग्रह हेर्ने, देशविदेश जाँदा वा कुनै पनि शुभ कार्य गर्दा साइत हेर्ने लगायत बारेमा तीनदिने प्रशिक्षण दिइने नेपाल तामाङ लामा घेदुङका केन्द्रीय अध्यक्ष पाल्देन लामाले बताए ।