देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महाअभियोग प्रस्ताव दर्ता भएपछि सेनाको आकस्मिक बैठक

देशान्तर

काठमाडौं । प्रधानन्यायाधिश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि आइतबार राती अबेरसम्म नेपाली सेनाको आकस्मिक बैठक बसेको छ।

देशमा हाल विकसित घट्नाक्रमको समिक्षा गर्न जंगी अड्डामा आकस्मिक पिएसओज बैठक बसेको सेनाका प्रवक्ता झंकरबहादुर कठायतले बताएका छन्। बैठकमा वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरुको समिक्षा गर्दै आवश्यक सुरक्षा सर्तकता अपनाउने निर्णय गरिएको उनले बताए।

सेनाको बैंठक राती ८ बजे सुरु भएको ११ बजेसम्म चलेको थियो। उत्पन्न परिस्थिति नियाल्दै सेनाले देशभर आफ्ना मातहतमा रहेका सेनालाई उच्च सतर्कतामा रहन भन्दै निर्देशन दिएको छ।