देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यी हुन कांग्रेसबाट काठमाडौं महानगर मेयर र उपमेयर

देशान्तर

काठमाडौं । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले काठमाडौ महानगरपालिकाको मेयरमा राजुराज जोशीलार्इ अघि सारेको छ । कॉगेसले उपमेयरमा हरिप्रभा खड्गीलार्इ अघि सारेको छ । जोशी २०४७ सालमा जिल्ला कार्यसमिति काठमाडौंका सचिव हुन् । त्यसबेला काठमाडौं जिल्लाको पार्टी सभापति प्रकाशमान सिंह थिए ।

हाल जोशी कांग्रेसको महासमिति सदस्य छन् । जोशी उद्योगमन्त्री नविन्द्रराज जोशीका दाइ हुन् । कांग्रेस नेता पिएल सिंह काममाडौंको मेयर भएको बेलामा नै जोशी मेयरको दाबेदार थिए ।

त्यो बेला जोशीलाई मेयरको उमेदवार बनाउन नसकेपछि उनका भाई नविन्द्रलाई महानगरको उपमेयरको उमेदवार बनाइएको थियो कांग्रेसको बिहान बसेको पदाधिकारी बैठकले काठमाडौंको मेयर लगायत स्थानीय तहका विभिन्न निर्वाचन क्षेत्रका उम्मेद्वारहरुको टुंगो लगाएको हो ।