देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महाभियोग प्रस्ताव अघि नबढाई सुशीलालाई काममा फर्काऊ : सर्वोच्च

देशान्तर

काठमाडौं । सुशीला कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव अघि नबढाउन सर्वोच्च अदालतले संसदका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सो आदेश दिएको हो।

संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बित रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई आजैदेखि काममा फर्काउन पनि आदेशमा भनिएको छ। न्यायाधीश जबरा प्रधानन्यायाधीश हुने रोल क्रममा छन्।

सुशीला कार्कीपछि गोपाल पराजुली र दीपक जोशीपछि उनको पालो आउँछ। उनी लामो समयसम्म प्रधानन्यायाधीश हुने मध्येमा पर्नेछन्। उनी तीन वर्षभन्दा बढी समय प्रधानन्याधीश रहन्छन्।