देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शान्तिपूर्णरुपमा निर्वाचन सफल पारौँ : कृष्ण सिटौला

देशान्तर

भक्तपुर । नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले आसन्न स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्नुपर्ने दायित्व सबै मतदाताको काँधमा आएको बताएका छन् ।

काँग्रेस चाँगुनारायण नगर समितिले मंगलबार खरिपाटीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने– “अब जनताको अधिकार घरदैलोमै आउने भएकाले यो चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नुपर्छ ।”

नेता सिटौलाले देशलाई सङ्कट पर्दा काँग्रेसले नै सङ्कटको समाधान गर्दै आएको बताउँदै अहिलेको राजनीतिक अस्थिरता र सङ्कट समाधानका लागि पनि काँग्रेसको नेतृत्व आवश्यक रहेको छ भने ।

नेपालमा शान्ति स्थापना र संविधान निर्माणको नेतृत्व काँग्रेसले लिएको हुँदा संविधान कार्यान्वयनका लागि पनि स्थानीय तहको निर्वाचनमा काँग्रेसको जित आवश्यक रहेको उनले बताए।

कार्यक्रममा चाँगुनारायण नगरपालिकामा काँग्रेसका प्रमुखमा उम्मेदवार राजाराम खड्काले चाँगुनारायणको समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको बताउँदै आफ्नो जितका लागि सहयोगको अपेक्षा गरेको बताए।

काँग्रेसकी उपप्रमुखकी उम्मेदवार सरु बानियाँले महिला उत्थान र स्थानीयवासीको समस्या समाधानका लागि आफू लागिपर्ने बताए ।