देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौं महानगरको मतगणना सुरु, मतपरिणाम जानकारी दिन माइकको व्यवस्था

देशान्तर

काठमाडौँ । काठमाडौैं महानगरपालिकाको मतगणना केहिबेर अगाडिबाट सुरु भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको हो। बिहान ११ बजेदेखि मतगणना सुरु हुने भनिए पनि केही समय ढिला भएको हो।

देशकै सवैभन्दा बढी मतदाता रहेको काठमाडौंमा दुई लाख ७९ हजार तीन सय ५ मतदाता छन्। ३२ वडा रहेको महानगरमा मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्य तथा समावेशी गरी ८ सय ४७ उम्मेद्वार छन्। चुनावी मैदानमा कांग्रेसमा राजुराज जोशी, एमालेका विद्यासुन्दर शाक्य, माओवादी केन्द्रका सर्वोत्तम डंगोल, नयाँ शक्ति र संघीय समाजवादी फोरमका पवित्र बज्राचार्य छन्।

यस्तै, साझा पार्टी किशोर थापा र विवेकशील नेपालीका तर्फबाट रञ्जु दर्शना मेयरको प्रतिस्पर्धामा छन्। सर्वसाधरणलाई मतगणनाको नजिता दिन सभागृहमा माइकिङ गर्ने व्यवस्था समेत मिलाएको छ।