देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आइजीपी मुद्दाको सुनुवाई वृहत पूर्ण इजलासमा, मुद्दाको आज सुनुवाइ

देशान्तर

काठमाडौं । आइजिपी नियुक्तिमा आफूमाथि अन्याय भएको आरोप लगाउँदै डिआइजी नवराज सिलवालले दायर गरेको मुद्दाको सुनुवाई गर्न सर्वोच्च अदालतले वृहत पूर्ण इजलास गठन गरेको छ। इजलासलमा ७ न्यायधीश छन्।

प्रधान्यायधीश सुशीला कार्कीमाथि महाभियोग दर्ता भएपछि सुनुवाइमा ढिलाइ भएको यो मुद्दाको सुनुवाइ सुरु हुन लागेको हो। विहीबारको यो इजलासले सिलवालद्वारा दायर गरिएको रिटका साथै आइजीपी प्रकाश अर्यालले सिलवालविरुद्ध दायर गरेको रिटमाथि समेत एकैसाथ राखेर सुनुवाइ गर्नेभएको छ ।

आइजीपी नियुक्तिमा अन्याय भएको भन्दै सिलवालले मन्त्रिपरिषदविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । यसअघि वैशाख १९ गते अन्तिम सुनुवाइ हुने भनिएकोमा त्यसको दुई दिनअघि नै प्रधान्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता भएपछि यो मुद्दा प्रभावित भएको थियो ।

देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शमसेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको सो इजलासले अब सिलवालको मुद्दा र आइजिपी प्रकाश अर्यालले दायर गरेको अर्को मुद्दाको फैसला पनि गर्नेछ।